काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।