images
images

राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण, नाम पनि फेरियो


  • 649
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण, नाम पनि फेरियो

    काठमाडौं । नेपालकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनीको रुपमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ ले राष्ट्रिय बीमा संस्थान ऐन खारेज गरिदिएको करिब एक वर्षपछि संस्थान कम्पनी ऐनको मातहतमा आएको हो । 

    योसँगै संस्थानको नाम समेत परिवर्तन भएको छ । संस्थानको नाम अब राष्ट्रिय जीवनबीमा कम्पनी लिमिटेड रहनेछ । उक्त नामलाई नेपाल बीमा प्राधिकरणले मंसिर १३ गते स्वीकृति अन्तिम स्वीकृति दिएको हो ।

    यसअघि मन्त्रीपरिषद्को कात्तिक १६ गते बसेको बैठकले यसको नाम परिवर्तन गर्न र कम्पनीमा दर्ता गर्न स्वीकृति दिएको थियो । 


    images
    images

    Logo