images
images

एक वर्षमा गभर्नर अधिकारीले बुझे करिब ६१ लाख रुपैयाँ तलबभत्ता


  • 576
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    एक वर्षमा गभर्नर अधिकारीले बुझे करिब ६१ लाख रुपैयाँ तलबभत्ता

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब ६१ लाख रुपैयाँ तलबभत्ता बुझेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, अधिकारीले वर्षभरिमा ६० लाख ९१ हजार ३ सय ३५ रुपैयाँ तलब भत्ता बुझेका छन्। 

    अघिल्लो वर्ष उनले ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ बुझेका थिए। गत आर्थिक वर्षमा अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३ सय ३५ रुपैयाँ लिएका छन् । 

    आर्थिक वर्ष २०७८÷७९ मा उनले १४ लाख १८ हजार तलब, ३ लाख ५ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८ सय ५५ रुपैयाँ गरी कुल ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ बुझेका थिए । तथ्यांकअनुसार गभर्नरको तलबभत्ता एक वर्षमा २४.१७ प्रतिशतले बढेको छ । 

    गभर्नर महाप्रसाद अधिकारीपछि डेपुटी गभर्नर डा‍. निलम ढुङ्गानाले कुल ५७ लाख २ हजार ३ सय ६१ रुपैयाँ बुुझेकी छिन भने अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब र भत्ता गरी ५३ लाख रुपैयाँ बुझेका छन्।


    images
    images

    Logo