images
images

अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने


  • 345
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने

    काठमाडौैं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने महानगरपालिकाले जनाएको हो । 

    फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ फुटपाथ निषेध गर्न लागेको हो । मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको जनाइएको छ । 

    मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर आईतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ । यसअघि ललितपुर महानगरपालिकाले बेलुकी छ बजेपश्चात फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न दिँदै आएको थियो। 

     

     


    images
    images

    Logo