images
images

यी स्थानीय तहले अझै ल्याएनन् बजेट


  • 255
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    यी स्थानीय तहले अझै ल्याएनन् बजेट

    काठमाडौं । बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा स्थानीय तहले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस नगर्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका रहेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् । असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

    मन्त्रालयका अनुसार सप्तरीस्थित रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका, रौतहटकै फतुवा विजयपुर नगरपालिका र कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट नगरेका हुन् ।


    images
    images

    Logo