काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह गरेको छ । प्यान नम्बर बिनाको बिलको रकम शोधभर्ना गर्न समस्या हुने भएकाले बिलमा अनिवार्य प्यान नम्बर राखी बिलिङ गर्न बोर्डले अनुरोध गरेको हो ।
कतिपय सेवा प्रदायकबाट बीमितलाई दिएको बिलमा संस्थाको प्यान नम्बर उल्लेख गरेको नपाइँदा हिसाब मिलाउन समस्या भएको सूचनामा उल्लेख गरिएको छ । बीमितहरुलाई सेवा प्रदान गरे पश्चात् बिल अनिवार्य रुपमा दिन समेत जनाइएको छ ।
