images
images

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा 


  • 570
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा 

    काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ५ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ ।’

    कार्यालयले राजिव गुर्गाको भारत कन्स्ट्रक्सन, मदनकुमार अधिकारीको मैनाचुली निर्माण सेवा प्रालि र दिपेन्द्र बहादुर शाहीको सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षसम्म कालोसूचीमा राखेको हो।

    मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । 

    कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । यस्तै, मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ ।  

    शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट पनि एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन् । 

    यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का.म.न.पा–१६ रइजोन निर्माण सेवा, जुम्ला पनि एकरएक वर्षका लागि कालोसूचीमा परेका छन् । इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन् । 

    कालोसूचीमा परेका पाँचवटै निर्माण कम्पनीलाई सडक विभाग र स्थानीय तहको सिफारिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

    Notice_mrrrdJTn2D.jpg

     

     


    images
    images

    Logo