images
images

आशा लघुवित्तमा २ सातादेखिको आन्दोलन टुङ्गीयो, यस्तो छ १६ बुँदे सहमति


  • 416
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    आशा लघुवित्तमा २ सातादेखिको आन्दोलन टुङ्गीयो, यस्तो छ १६ बुँदे सहमति

    काठमाडौं । आशा लघुवित्तमा दुई सातादेखि चर्किएको कर्मचारीको आन्दोलन टुङ्गीएको छ । मङ्सिर १७ गते आइतबार लघुवित्तको व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि १६ बुँदे सम्झौता भएको छ  । १६ बुँदे सम्झौता संगै कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ  ।

    सामूहिक राजिनामा दिएका १९७ कर्मचारी र व्यवस्थापन पक्षबीचको २४ घण्टाको वार्तापछि आन्दोलन सहमतिमा टुंगिएको हो । कर्मचारी र व्यवस्थापनबीचको बैठक काठमाडौँको महाराजगंजस्थित ईन्द्रेणी फुलल्याण्डमा बसेको थियो । पहिलो दिन कुरा नमिलेपछि बैठक नष्कर्षविहीन भएर टुंगिएको थियो । तर, दोस्रो दिनको अन्तिममा सहमति भएको वार्तामा सहभागी कर्मचारी आन्दोलनका संयोजक दिपेश बुढाथोकीले बताएका छन् ।

    बुढाथोकीका अनुसार आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीचको १६ बुँदे सहमतिपछि मंसिर १ गतेदेखि चर्किएको आन्दोलन अन्त्य भएको छ । योसँगै अब आन्दोलनरत कर्मचारीहरु पुनः कममा फर्किनेछन् ।

    वार्तामा संस्थाको व्यवस्थापन पक्षबाट कामु सीइओ बद्री प्रसाद अधिकारी, जगन्नाथ कुईकेल, सुरेश बोहरा र रविन खतिवडा सहभागी भएका थिए भने कर्मचारीका तर्फबाट दिपेश बुढाथोकी, हरिशरण भण्डारी र रमेश शर्मा सहभागी भएका थिए । 

    यस्तो छ १६ बुँदे सम्झौता:

    १. मागका विषयहरुको बुँदा नं. १ माथि छलफल गर्दा कर्मचारीको तलव भत्ता सम्बन्धमा संयुक्त मर्जर समितिको निर्णयानुसार
    संयुक्त कारोबार गरेको मितिबाट १ वर्ष भित्रमा समान गर्ने भनिएता पनि २०८० फाल्गुण १ गते देखि वा वित्तीय संस्थाको वासलात सकारात्मक देखिएको अर्को महिनाको १ गते देखि लागु हुने गरी समायोजन गर्ने । ग्रेडको सन्दर्भमा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली अनुसार समायोजन गरिएको अवगत भयो ।

    २. मागका विषयहरुको बुँदा नं. २ सम्बन्धमा हालको जिम्मेवारी हेरफेर गरी उचित व्यवस्थापन गर्ने ।

    ३.. मागका विषयहरुको बुँदा नं. ३ र ७ स्वतः खारेजी गर्ने र का.मु. प्रमुख कार्यकारी अधिकृत श्री बद्री प्रसाद दुलालबाट आन्दोलनको समयमा भए गरेको कुरालाई आधारमानी कुनै पनि कर्मचारी प्रति कुनै पनि समयमा हुनसक्ने सम्भावित कारवाहि हुन नदिन वार्ता समितिको तर्फबाट प्रतिबद्धता गर्ने । साथै संस्थागत गोपनियताको पूर्ण पालना गर्ने ।

    ४. मागका विषयहरुको बुँदा नं. ४ माथि छलफल गर्दा कर्मचारीहरुको सरुवा सम्बन्धमा सरुवा नीति बनाई ३ महिना भित्र कार्यान्वयन गरिने तथा बढुवा गर्दा आन्तरिक बढुवा कार्यविधि-२०७८ अनुसार गर्ने व्यवस्था मिलाउने । साथै २०८० असोज महिनामा सरुवा भएको कर्मचारी मध्ये कोही कसैलाई अन्याय परेको हकमा आगामी ३ महिना भित्र मिलाउने ।

    ५. मार्गका विषयहरुको बुँदा नं. ५ माथि छलफल गर्दा आगामी सेवा सुविधा वृद्धि गर्ने क्रममा शाखा कार्यालयहरुलाई सुराम/दुर्गम छुट्याई दुर्गम भत्ताको व्यवस्था गरिने छ ।

    ६. मागका विषयहरुको बुँदा नं. ६ माथि छलफल गर्दा वित्तीय संस्थाले भाईवर प्रयोग गरी सूचना प्रवाह गर्दा सकभर कार्यालय समय भित्र मात्र गर्ने ।

    ७. मागका विषयहरुको बुँदा नं. ८ माथि छलफल गर्दा आगामी दिनमा विभागीय प्रमुख नियुक्त गर्दा कर्मचारी सेवा विनियमावली बमोजिम नै गर्ने व्यवस्थालाई निरन्तरता दिईने ।

    ८. मागका विषयहरुको बुँदा नं. ९ माथि छलफल गर्दा कर्मचारी सेवा विनियमावली र वित्तीय संस्थाको विद्युतिय हाजिरी बमोजिम तथा सार्वजनिक विदाको सन्दर्भमा नेपाल राष्ट्र बैंकको विदाको सूचीलाई आधार मानि संचालक समितिले तोके बमोजिम नै हुने ।

    ९. मागका विषयहरुको बुँदा नं. १० माथि छलफल गर्दा सो विषयमा व्यवस्थापनको ध्यानाकर्षण भएको तथा आगामी दिनमा परिमार्जनको व्यवस्था मिलाईने ।

    १०.मागका विषयहरुको बुँदा नं. ११ माथि छलफल गर्दा विगत १ वर्ष देखि साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थामा नियुक्त भएका तालिमे कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकनको आधारमा ३ महिना भित्र नियुक्ति दिने व्यवस्था मिलाईने ।

    ११. आजैको मितिबाट साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले गरेका सम्पूर्ण बन्द हडताल, तालावन्दी लगायतका गतिविधि बन्द गरी, सामूहिक राजिनामा फिर्ता लिई मिति २०८०/०८/१८ गते देखि कार्यालयमा हाजिर भई नियमित काममा फर्कने तथा वित्तीय संस्थाको खराव कर्जा असुलीमा दत्तचित्त भई लाग्ने ।

    १२. आशा लघुवित्त वित्तीय संस्थाका जुनकुनै कर्मचारीहरुको आवश्यक प्रकृया पुयाई स्वतः बढुवा गरेमा समेत कुनै बाधा व्यवधान तथा विरोध नगर्ने ।

    १३. आन्दोलित कर्मचारीहरुको आन्दोलन अवधिको विदा सम्बन्धमा विना भत्ता काज विदा कायम गरिने र आन्दोलनमा लिखित समर्थन नगरेको र कार्यालयमा हाजिर नभएको कर्मचारीको हकमा यस व्यवस्था लागु हुने छैन ।

    १४. आन्दोलनको विषयलाई लिएर व्यवस्थापन र कर्मचारी दुवैको तर्फबाट आन्दोलन अवधिमा भए गरेको विषयलाई लिएर कुनै पनि रिसराग नराखि कार्य गर्ने गराउने । आर्थिक हिनामिनाको विषयमा यस बुँदा लागु हुने छैन ।

    १५. आन्दोलनरत कर्मचारीहरुलाई मिति २०८०/०८/०५ र २०८०/०८/१४ गते काटिएको पत्र सम्बन्धमा कुनै पनि प कारवाही नगर्ने ।

    १६. आगामी दिनमा कुनै पनि कर्मचारीको व्यक्तिगत मानहानी हुने किसिमको गतिविधि संचालन नगर्ने तथा विदा प्रमाण कोही कर्मचारीको विरुद्धमा माग नराख्ने । 


    images
    images

    Logo