images
images

१६ अर्ब ४ करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 392
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    १६ अर्ब ४ करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४  करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको फागुन २२ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ २२ गते परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

     


    images
    images

    Logo