images
images

निगमलाई डुबाउन ग्राउण्ड ह्याण्डलिङमा फेरि चलखेल


  • 452
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    निगमलाई डुबाउन ग्राउण्ड ह्याण्डलिङमा फेरि चलखेल

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिने संकेत देखिएको छ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा प्रतिस्पर्धाबाट दिने संकेत भएको हो । 

    गत वर्ष निगमले उक्त सेवावापत करिब ६ अर्ब आम्दानी गरेको थियो । यदि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने भयो र निगमसँगबाट खोसियो भने निगमको आम्दानी घट्छ । 

    विगत केही वर्षदेखि घाटामा रहेको निगमले यस वर्षमात्र केही नाफा गर्न सकेको थियो । पहिले नै ४५ अर्ब ऋणमा रहेको निगमसँग बाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिँदा झनै धेरै डुब्ने देखिन्छ । 


    images
    images

    Logo