images
images

२ सय ह्याचरी उद्योग बन्द, चल्ला उत्पादन २० लाखभन्दा कम


  • 595
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    २ सय ह्याचरी उद्योग बन्द, चल्ला उत्पादन २० लाखभन्दा कम

    नेपालमा दर्ता भएका ३ सय १३ मध्ये २ सय ह्याचरी उद्योग बन्द भएका छन् । नेपाल ह्याचरी उद्योग संघका अनुसार उपत्यकासहित धादिङ चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाही लगायत ३४ जिल्लामा रहेका ती उद्योगहरु बन्द भएका हुन् । 

    संघका अनुसार अहिले ११३ ह्याचरी उद्योग सञ्चालनमा छन् । चलेका उद्योगले पनि ५० प्रतिशत क्षमतामा मात्रै उत्पादन गरिरहेका छन् । उत्पादनको लागतमा समेत चल्ला बिक्री हुन नसकेपछि व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुले बताएका छन् । 

    उनीहरुका अनुसार ५५ रुपैयाँ लागत रहेको चल्ला ४५ रुपैयाँमै बेच्नुपर्ने अवस्था छ । सोही कारण पहिले प्रतिहप्ता ४५ देखि ५० लाख चल्ला उत्पादन भएकोमा अहिले प्रतिहप्ता १५ देखि २० लाख मात्रै उत्पादन भइरहेको छ । 


    images
    images

    Logo