images
images

१५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


  • 468
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    १५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंक ले आपतकालीन रुपमा बजारबाट १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत बैंकले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । 

    बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मसिंर १४ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
     
    लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेपको साँवा ब्याज भुक्तानी २०८० मंसिर २१ गते हुनेछ । यसअघि गत मंसिर ११ केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै १० अर्ब रुपैयाँ खिचेको थियो। यसको साँवा तथा ब्याज भुक्तानी मंसिर १९ गते हुनेछ।

     

    1.-DC_Issue-Notice-2080.08.14_page-0001.jpg


    images
    images

    Logo