काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४० अर्ब ४३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ३७ लाख १४ हजार ५ सय ४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा नेपाल लाइफकै अग्रता कायम रहेको छ । यस अवधिमा कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
नेशनल लाइफले ५ अर्ब २९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब २३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ७६ करोड, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ३६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८९ करोड, सिटिजन लाइफले १ अर्ब ७८ करोड, मेट लाइफले १ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड, आइएमई लाइफले १ अर्ब ३० करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड र सन नेपाल लाइफले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।



