images
images

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा, शाखा संख्या २५१ पुग्यो


  • 408
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा, शाखा संख्या २५१ पुग्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडी जिल्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बैतडीको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा गएको आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५१ पुगेको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    बैंकले ३ सय ५१ शाखा, ३ सय ६९ एटीएम, २ सय ७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।


    images
    images

    Logo