काठमाडौं । नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवास्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले १५ जना एसएसपीको काज सरुवा गरेको हो ।
यसरी काज सरुवा हुनेमा गोपाल चन्द्र भट्टराई, डा. मनोज कुमार के.सी, दान वहादुर कार्की, दिपक रेग्मी, दिलिप सिंह देउवा, दिल्लीराज विष्ट, ध्रवराज राउत, विनोद घिमिरे, भुपेन्द वहादुर खत्री, संजिव शर्मा दास, सानुराम भट्टराई, सुदर्शन प्रसाद कोईराला, सुरेन्द्र वहादुर गुरुङ्ग, सोमेन्द्र सिंह राठौर, हिमालय कुमार श्रेष्ठ रहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा विरेन्द्रनगर, सुर्खेतमा रहेका गोपालचन्द्र भट्टराईलाई बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा सरुवा गरिएको छ । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा सरुवा गरिएको छ ।
यस्तो सरुवाको सूची






