काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । शेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ । विभागले गत २३ कार्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।