images
images

चोभार सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का ‘ट्रान्स नेपाल फ्रेट सर्भिस’लाई


  • 264
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    चोभार सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का ‘ट्रान्स नेपाल फ्रेट सर्भिस’लाई

    काठमाडौं । चोभार सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का ‘ट्रान्स नेपाल फ्रेट सर्भिस’ जेभी विराटनगरले पाएको छ । कम्पनीे आगामी ५ वर्षसम्मका लागि सञ्चालक छनोट भएको हो । 

    जेभीले सरकारसँग पाँच वर्षका लागि कुल २ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । चोभार बन्दरगाह सञ्चालनका लागि गत साउन महिनामै बोलपत्र आह्वान गरिएको थियो ।

    २०७८ सालको चैत महिनादेखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो । बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर र ५ सय ट्रक अटाउन सक्दछन् ।


    images
    images

    Logo