images
images

प्रहरीको ३६ रोपनी जग्गा हडप्न खोज्ने पूर्वकर्मचारी पक्राउ


  • 514
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    प्रहरीको ३६ रोपनी जग्गा हडप्न खोज्ने पूर्वकर्मचारी पक्राउ

    काठमाडौं । कीर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पूर्वकर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो ।

    उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेको आरोप लगाएको छ । 

    वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएको थियो । तर, बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ । उनीविरुद्ध सिआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

    बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले जानकारी दिए ।

    पनौती नगरपालिका– ६ मा पर्ने कित्ता नम्बर ७५ को जग्गा नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ ।


    images
    images

    Logo