images
images

१० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


  • 435
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    १० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंक ले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत बैंकले १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । 

    मंगलबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मंसिर ६ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
     
    लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेपको साँवा ब्याज भुक्तानी २०८० मंसिर १३ गते हुनेछ । 


    images
    images

    Logo