images
images

बिहीबारको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा


  • 317
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    बिहीबारको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

    काठमाडौं । भोलि मंसिर ७ गते दुई वटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    नेकपा एमाले निकट युवा संघ र अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो सङ्ख्यामा मानिसहरू भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । युवा संघका नेता महेश बस्नेत र प्रसाईंबीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो । त्यसपछि दुई समूहका अगुवाले भोलि ७ गते काठमाडौंमा ठूलो सङ्ख्यामा मानिसहरू उतारेर आफ्नो शक्ति प्रदर्शन गरेर एक अर्कालाई देखाउने धम्की दिएका छन् ।  

    उपत्यका बाहिरबाट धेरै मानिसहरू काठमाडौंमा जम्मा भएर दुई समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रबन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ । 

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकीकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीन वटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रबन्ध गरिएको बताए । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले जानकारी दिए । 


    images
    images

    Logo