images
images

सडकबत्तीको मिटर जोड्न स्थानीय तहलाई प्राधिकरणको ताकेता


  • 256
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    सडकबत्तीको मिटर जोड्न स्थानीय तहलाई प्राधिकरणको ताकेता

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको मिटर जोड्न स्थानीय तहलाई ताकेता गरेको छ । स्थानीय तहहरूले सडक बत्तीका लागि उपयोग गरिरहेको विद्युतको महसुल उठ्न बाँकी रहेको भन्दै तत्काल सबै भुक्तानी गर्न र सडक बत्तीको मिटर जोड्न भनेको हो ।

    प्राधिकरणले असोज २१ गते ४५ दिनको समय सीमा दिई सडक बत्तीको विद्युत महसुल भुक्तानी गर्न भनेको थियो । आज पुनः गोरखापत्रमा सूचना प्रकाशित गर्दै स्थानीय तहलाई बाँकी बक्यौता तिर्न ताकेता ताकेता गरेको हो । 

    तोकिएको समयभित्र पनि स्थानीय तहले सडक बत्तीको मिटर नजोडे र विद्युत बक्यौता नतिरेमा विद्युत महसुल संकलन नियमावली, २०७८ को विनियम १० मा भएको व्यवस्था बमोजिम कारबाही गर्ने र त्यस्ता बत्ती हटाइने समेत चेतावनी प्राधिकरणले दिएको छ ।

    Screenshot 2023-11-22 064253.png


    images
    images

    Logo