images
images

टिकटक प्रतिबन्धबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी


  • 241
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    टिकटक प्रतिबन्धबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी

    काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारकाे निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो ।

    सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ ।

    उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै  रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  पूर्ण सुनुवाइका लागि १९ मंसिरलाई पेसी तोकेको छ।


    images
    images

    Logo