काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो ।
अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा सोमबार दिनभर छलफल भए पनि सहमति जुटेको थिएन ।
हालै संशोधन गरिएको न्यायपरिषद् नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन् ।