images
images

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक 


  • 381
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म)मा ३१ अर्ब रुपैयाँ विभिन्न माध्यमबाट आन्तरिक ऋण उठाउने भएको छ।

    नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुनेछ ।

    चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेकोराष्ट्र बैंकले जनाएको छ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएका छ ।

    दोस्रो त्रैमासमा विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुने भएको हो । जसमध्ये १९ मंसिरमा ६ वर्ष अवधिको ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुने भएको छ । ५ पुसमा ५ वर्ष अवधिको ७ अर्बकै र २२ पुसमा ८ वर्ष अवधिको ७ अर्बकै विकास ऋणपत्र बोलकबोल हुनेछ ।

    यस्तै १० अर्बको ट्रेजरी बिल मध्ये ४ मंसिरमा ३ अर्बको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल भइसकेको छ । २५ मंसिरमा १८२ दिन अवधिको ४ अर्बको र २३ पुसमा पनि १८२ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।

    Capture.JPG

     


    images
    images

    Logo