images
images

आज रगंशालामा फुटवल हेर्न जाने दर्शकलाई नि :शुल्क बस सेवा, यस्तो छ रुट


  • 422
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    आज रगंशालामा फुटवल हेर्न जाने दर्शकलाई नि :शुल्क बस सेवा, यस्तो छ रुट

    काठमाडौं । आज बेलुका काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत हुने नेपाल र यमन बीचको फुटवल हेर्न जाने दर्शकलाई निःशुल्क बसको व्यवस्था गरिएको छ । 

    अखिल नेपाल फुटवल संघ (एन्फा) खेल हेर्न जाने दर्शकको सुविधाका लागि निःशुल्क बसको व्यवस्था गरेको हो । एन्फाका अनुसार यात्रु ओसार्न विभिन्न ११ रुटमा १५ वटा निःशुल्क बसको व्यवस्था गरिएको छ । 

    त्रिपुरेश्वर–थानकोट, सुन्धारा–नारायणथान, सुन्धरा–जोरपाटी, त्रिपुरेश्वर–हात्तीवन र त्रिपुरेश्वर–सूर्यविनायक रुटमा २/२ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ । त्यस्तै, सुन्धरा–सिनामंगल, त्रिपुरेश्वर–कीर्तिपुर, सुन्धारा–चक्रपथ, त्रिपुरेश्वर–स्वयम्भू र त्रिपुरेश्वर–भैँसेपाटी रुटमा १/१ निःशुलक बसको व्यवस्था गरिएको छ ।

    सन् २०२६ मा हुने विश्वकपका लागि छनोटका हुने नेपाल र यमन बीचको खेल आज साँझ ७ बजेदेखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । । नेपाल र यमन यसअघि चार पटक आमनेसामने भइसकेका छन्। 

    एन्फाले टिकटको मूल्य साधारण प्याराफिटतर्फ ४०० रुपैयाँ र भीआइपी प्याराफिटतर्फ १ हजार रुपैयाँ कायम गरेको छ ।

    rout_xiQaw8vBwS.jpg

     

     


    images
    images

    Logo