images
images

ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त


  • 342
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

    ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् । 

    “आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ”, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

    कम्पनीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानीकर्ताहरूको दबाबमा ओपनएआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसिइओ अल्टम्यानलाई बर्खास्त गरेको थियो । 

    आफ्नो पोस्टमा सियरले अल्टम्यानलाई सुरक्षा चिन्ताका कारण बर्खास्त गरिएको थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् । “काम लिनुअघि मैले परिवर्तन पछाडिको तर्कको जाँच गरेँ, बोर्डले सुरक्षामाथि कुनै विशेष असहमितका कारण सामलाई हटाएको होइन, बोर्डको तर्क त्योभन्दा बिलकुल फरक थियो”, उनले लेखेका छन्, “हाम्रा उत्कृष्ट मोडेलहरूको व्यापारिकरणका लागि बोर्डको समर्थनबिना यो काम लिन म पागल छैन ।”

    सियरको पोस्टभन्दा एक घन्टाअघि माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले आफूले विश्वव्यापी प्रविधि कम्पनी माइक्रोसफ्टमा एआई अनुसन्धान टोलीको नेतृत्व गर्न अल्टम्यानलाई नियुक्त गर्न गइरहेको पुष्टि गरेका थिए ।


    images
    images

    Logo