images
images

ग्रीन डेभलपमेण्ट बैंक नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त


  • 386
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    ग्रीन डेभलपमेण्ट बैंक नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशलव्यव स्थापकका रूपमा स्थापित गुरुङ यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।


    images
    images

    Logo