images
images

कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त


  • 472
    SHARES
  • २०८० मंसिर २ गते शनिबार

    कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले खनाललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यस अघि उनी बैंकका डेपुटी सीइओ थिए । कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि खनाल कुमारी बैंकको सीइओ नै थिए । कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ भएका थिए भने एनसीसीका रमेशराज अर्याल सीइओ भएका थिए । रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका हुन् ।

    खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको बैंकिङ क्षेत्रमा डेढ दशक लामो अनुभव रहेको छ ।


    images
    images

    Logo