images
images

२३ अर्ब २३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ३ अर्बको नयाँ 


  • 386
    SHARES
  • २०८० मंसिर १ गते शुक्रबार

    २३ अर्ब २३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ३ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । जसमा ३ अर्बको नयाँ रहेको छ । त्यस्तै,  १८२ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको पुस ३ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी फागुन ८ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको अगामी जेठ ८ गते परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो ।  यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   


    images
    images

    Logo