images
images

नेपालको पहिलो बैंक ८७औं वर्षमा प्रवेश


  • 437
    SHARES
  • २०८० कार्तिक ३० गते बिहीबार

    नेपालको पहिलो बैंक ८७औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाल बैंक ८७औं वर्षमा प्रवेश गरेको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड स्थापनाको ८६ वर्ष पूरा गरी ८७औं वर्षमा प्रवेश गरेको छ ।

    ८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ । कम्पनीको जगेडा कोषमा २१.८८ अर्ब रुपैयाँ छ भने पूँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्थ ३६.५८ अर्बभन्दा बढी रहेको छ ।

    हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३हजार ६०० जना कर्मचारीमार्फत् आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको कम्पनीको २२८ वटा शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २०४ वटा एटीएम बुथ रहेको छ । कम्पनीले देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको पनि जनाएको छ ।


    images
    images

    Logo