काठमाडौं । नेपाल लाइफ इस्योरेन्सको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
असोजसम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ । कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १३।९८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यसको कुल दावी भुक्तानी ३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । गत वर्ष ४ अर्ब ३७ करोड थियो । हाल यस इस्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।असोजसम्म यसले १० अर्ब ८२ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.८९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
यसको प्रतिसेयर आम्दानी थोरैले बढेर ७ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा रहेको छ ।



