images
images

एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त


  • 445
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त

    काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकका अध्यक्ष विके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि डा. वैद्य अध्यक्ष नियुक्त भएका हुन् ।

    बैंक सञ्चालक समितिको बैठकले बिहीबार डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि डा वैद्य बैंकका सञ्चालक सिमितिका सदस्य रहेका थिए ।

    बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन् ।

    डा. वैद्य विगत २० वर्षदेखि एभरेष्ट बैंकको सञ्चालक सदस्य रुपमा आवद्ध छन् । उनले फिलिपिन्सबाट इकोनोमिक्समा पीएचडी गरेका छन् । उनी योजना आयोगको सदस्य समेत थिए । साथै उनले गरिबी निवारण कोषको सदस्यको रुपमा पनि काम गरिसकेका छन् ।


    images
    images

    Logo