images
images

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३ अर्ब ३६ करोड बीमा शुल्क 


  • 394
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३ अर्ब ३६ करोड बीमा शुल्क 

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्बमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार २ लाख ७२ हजार ४ सय ९१ वटा बीमा पोलिसी विक्री गरी कुल ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् ।  

    असोज महिनासम्ममा भने यी कम्पनीहरुले १० अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका छन् ।यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३३ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३१ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २२ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १९ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले १५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    नेपाल इन्स्योरेन्स कम्पनीले १३ करोड ९०लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


    images
    images

    Logo