images
images

१७ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 365
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    १७ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले शुक्रबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको फागुन १ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ १ गते परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो । 

    यो ट्रेजरी विल शुक्रबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

     


    images
    images

    Logo