images
images

निर्जीवन बीमा कम्पनीको तीन महिनाको बिजिनेस १० अर्ब ४४ करोड


  • 456
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    निर्जीवन बीमा कम्पनीको तीन महिनाको बिजिनेस १० अर्ब ४४ करोड

    काठमाडौं ।  निर्जीवन बीमा कम्पनीले असोज महिनासम्ममा १० अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले ६ लाख ८१ हजार ४ सय ६४ वटा बीमा पोलिसी विक्री गरी कुल १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् ।

    यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ८४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

     


    images
    images

    Logo