images
images

धितोपत्र बोर्डले एकै पटक गर्यो ८८ कम्पनीलाई कारबाही


  • 536
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    धितोपत्र बोर्डले एकै पटक गर्यो ८८ कम्पनीलाई कारबाही

    काठमाडौं ।  नेपाल घितोपत्र बोर्डले विभिन्न ८८ सूचीकृत कम्पनीलाई कारबाही गरेको छ । समयमा गत आर्थिक बर्षको र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८८ कम्पनीलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    धितोपत्र बोर्डले यसअघि गत ११ साउनमा एक सूचना जारी गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । त्यसैबेला समयमै विवरण नबुझाए धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवाना गर्ने चेतावानी दिएको थियो ।

    बोर्डले त्यस्ता कम्पनीहरुलाई  ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो । साथै बोर्डले ति कम्पनीहरुलाई  वित्तीय विवरण नबुझाएको तथा ढिलो बुझाएको विषयमा स्पष्टिकरण पनि सोध्ने निर्णय गरेको छ।

    धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा  सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।  


    images
    images

    Logo