images
images

२१ अर्ब १० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 437
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    २१ अर्ब १० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको माघ २३ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी बैशाख २५ गते परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

     


    images
    images

    Logo