काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्ममा साढे ४० अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ३८ लाख ६४ हजार ८ सय ५० वटा बीमालेख विक्री गरी कुल ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका हुन् ।
नेपाल बीमा प्राधिरकणका अनुसार सो अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १० अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको हो । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको हो ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको हो । राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको हो । सूर्यज्योति लाइफले २ अर्ब ३० करोड कुल बीमा शुलक आर्जन गरेको हो । एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड कुल बीमा शुल्क आर्जन गरेको हो । सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको हो ।
त्यसैगरी सिटिजन लाइफले १ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले १ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।



