काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १२ करोड रहेको थियो ।
बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा विस्तार गरेको छ भने गत बर्षको सोही अवधिमा ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा विस्तार गरेको थियो ।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।



