काठमाडौं । कुमारी बैंकको नाफा ७३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.७३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड रहेको थियो ।
बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा ३ खर्ब २१ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७६ अर्ब कर्जा विस्तार गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा विस्तार गरेको थियो ।
बैंकको प्रति सेयर आम्दानी ४ रुपैयाँ ३ पैसामा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३८.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ११ रुपैयाँ ३३ पैसा रहेको छ।



