काठमाडौं । सानिमा बैंकले ४८ करोड २९ लाख नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
बैंकले असोज मसान्तसम्ममा १ खर्ब ८५ अर्ब निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब ४६ करोड रुपैयाँ रुपैयाँ रहेको छ । यस बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ २१ पैसामा सीमित भएको छ। । बैंकको प्रति सेयर आम्दानी १५.२१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.८१ रुपैयाँ छ ।



