काठमाडौं । कृषि विकास बैंकको ८८ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंक सो रुपैयाँ बराबरको नोक्सानमा रहेको हो । गत बर्षको सोही अवधिमा बैंकले २ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ । बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँ गरेको थियो ।
बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा नोक्सानीमा रहेको छ ।



