काठमाडौं । एभरेष्ट बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले ७८ करोड ७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो ।
बैंकले समीक्षा अवधिसम्म २ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने १ खर्ब ९८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब बढी कर्जा परिचालन गरेको थियो।
बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ १९ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ३४ पैसा रहेको छ।



