images
images

प्राइम बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?


  • 388
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    प्राइम बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८७ करोड ४१ लाख नाफा कमाएको थियो । 

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ रहेको छ  भने गत बर्षको सोही अवधिमा १ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा १ खर्ब ९५ अर्ब ९९ करोड  रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६४ अर्ब ८९ करोड  रुपैयाँ कर्जा विस्तार गरेको छ । 

    हाल कम्पनीको चुक्तापुँजी १९ अर्ब ४९ करोड २५ लाख  रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ४७ करोड २० लाख १७ हजार रुपैयाँ सञ्चित छ।  बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०६ पैसा रहेको छ ।

     

     


    images
    images

    Logo