काडमाडौं । हिमालयन बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.४९ प्रतिशत बढि हो । गत वर्ष यस्तो नाफा ५३ करोड २४ लाख रुपैयाँमा सिमित भएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ४० करोड रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो।
बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १७.२७ रुपैयाँ रहेको छ ।



