images
images

प्रभु बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?


  • 425
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    प्रभु बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?

    काठमाडौं । प्रभु बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।सञ्चालन मुनाफा १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा २ खर्ब ७६ अर्ब  निक्षेप संकलन गरेर २ खर्ब ३६ अर्ब कर्जा विस्तार गरेको छ । हाल कम्पनीको चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १० अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ।

    बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ ।

     


    images
    images

    Logo