images
images

१९ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, वितरणयोग्य नाफा कति ?


  • 394
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    १९ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं ।  सिटिजन्स बैंकको नाफा १९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले ४० करोड २४ लाख रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड १२ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको थियो।

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २३ करोड १८ लाख ऋणात्मक रहेको छ।  बैंकको खुद व्याज आम्दानी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २४ अर्ब रुपैयाँ विस्तार गरेको छ ।  गत बर्षको सोही अवधिमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको थियो ।  

    बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४३रुपैयाँ ७७ पैसा रहेको छ।

     

     

     


    images
    images

    Logo