images
images

नबिल बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, वितरणयोग्य नाफा कति ?


  • 672
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    नबिल बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । नबिल बैंकले १ अर्ब ४६ करोड नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । 

    बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब १७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६७ करोड रहेको थियो । 

    बैंकले असोज मसान्तसम्ममा ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको थियो । 

    हाल कम्पनीको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको  छ  भने बैंकको जगेडा कोषमा २८अर्ब  ३९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २१.३१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।


    images
    images

    Logo