images
images

एकै त्रैमासमा ५ पटक जरिवानामा पर्यो नारायणी डेभलपमेन्ट बैंक 


  • 431
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    एकै त्रैमासमा ५ पटक जरिवानामा पर्यो नारायणी डेभलपमेन्ट बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई एकै त्रैमासमा ५ पटक जरिवाना गरेको छ । राष्ट्र बैंकले २०७९/८० को चौथो त्रैमासमा ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको हो। 

    राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गैरस्थलगत सुपरिवेक्षणका आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेकोमा ५ पटक कारबाही गरी १ लाख ६४ हजार २४ रुपैयाँ नगद जरिवाना गरिएको छ। 

    यसअघि उक्त आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकलाई नियम मिचेकोमा राष्ट्र बैंकले ३ पटक कारबाही गरिसकेको थियो।

    Fine-Punishment-2079.80-4th-Qtr.jpg


    images
    images

    Logo