काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।